२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

रोशी गाउंपालिकाबाट जिल्ला ट्राफिकलाई सहयोग


१९०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे ।काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले जिल्ला ट्राफिक प्रहरी कार्यलय, काभ्रेलाई श्रव्यदृश्य सामाग्री सहयोग गरेका छन् । आज (शनिबार) लामाले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख इन्स्पेक्टर बिशाल तामाङ उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

    लामाले जिल्ला ट्राफिक कार्यालयलाई एक थान ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको सडक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले उक्त सामाग्री सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए ।
    कार्यलयमा श्रव्यदृश्यका सामाग्री आवश्यक भएको र गाउँपालिकालाई गत जेठ ११ प्रस्ताव गरिएकोमा शुक्रबार सामाग्री उपलब्ध गराएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका प्रमुख इन्स्पेक्टर तामाङले धन्यवाद व्यक्त गरे ।

    ‘सडक सुरक्षा कार्यक्रम विभिन्न विद्यालयका विद्यार्थी, एम्बुलेन्स चालक र अन्य सवारी साधनका चालकलाई श्रव्यदृश्य कक्षा सञ्चालन गरिरहेका छौं ।’ तामाङले भने, ‘उक्त कक्षाका लागि ल्यापटप र प्रोजेक्टर अभाव भएकाले कक्षालाई प्रभावकारी बनाउन कार्यलयले गाउँपालिकासँग सहयोग मागेको थियौं । उहाँले सहयोग गर्नुभयो खुशी लाग्यो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार