२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कुकुर पाल्न स्थानिय तहबाट अनुमती लिनुपर्ने


९९४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउंदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।

    घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ ।

    महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार