२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो


२३७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको हो ।

    शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा‍. जागेश्वर गौतमले मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेको जानकारी दिए । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए ।

    चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार