२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालमा सलह भित्रदा कृषकहरु त्रशित


२४८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेको पाँचखालमा सलह देखा पर्दा कृषकहरु त्रसित भएका छन् । बालि विरुवालाई सखाप पार्ने सलह किरा केहीदिन अघि नेपाल भित्रिएको थियो । नेपालमा सलह भित्रिएको तेस्रो दिन आज पाँचखाल गरको वडा नं ३, ४, ६, ७ र १२ नं वडामा देखा परेको छ ।

    पाँचखाल कृषि शाखा प्रमुख ईश्वर अधिकारीका अनुसार आज सोमबार (साँझपख) पाँचखालमा सलह देखा परेपछि कृषकहरुलाई सचेत गराएको बताउंनु भयो । धेरै ठुलो संख्यामा देखा नपरेपनि पाँचखाल नगरको धेरै तिर देखा परेकोले सो किरालाई भगाउन टिन ठटाउने, धुवा दिने जस्ता कार्य गर्नको लागि कृषकहरुलाई अनुरोध गरेको बताउनु भयो ।

    पाँचखालको अन्य वडाहरुमा सामान्य (थोरैको) संख्यामा देखापरेपनि पाँचखाल ७ को सेखरपुर क्षेत्रमा केही वडी देखिएकोले पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीको नेतृत्वमा युवाहरु सो क्षेत्रमा पुगेको जानकारी प्राप्त भएको छ ।

    उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीका अनुसार पाँचखालको अन्य स्थानहरुको तुलनामा वडा नं ७ मा बडी देखिएको वताउनु भयो । बोट विरुवा साथै मकै बालिको पातहरुमा किराहरु बसेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार