२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

पाँचखालमा दुईजलाई कोरोना पुष्टि


२२८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा दुई जनाको पिसिआर पोजेटिभ भेटिएको छ ।
    हिजो बनेपा नपा १० मा एक जनालाई पिसिआर पोजेटिभ भेटिएको थियो । हिजो र आज गरी काभ्रेमा कोरोना रोग संक्रमितको संख्या ३ पुगेको छ । केहि समय अगाडी काभ्रेमा कोरोना संक्रमित देखिएका ६ जनाको भने उपचार पश्चात निको भई घर फर्किएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाका अनुसार पाँचखालका दुई जनाको धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । विदेशबाट फर्केर सुरक्षीत ढंगबाट क्वारेन्टाइनमा राखिएको पाँचखाल स्वास्थ्य शाखा सयोजक उज्ज्वल अधिकारीले जानकारी गराउनु भयो ।

    असार २ गते नयाँ दिल्लीबाट स्वेदेश फर्कि पाँचखाल क्वारेन्टाइनमा बसेका पाँचखाल नगरपालिका वडा नं ९ का ३७ वर्षीय पुरुष र पाँचखाल वडा नं ६ का साउदीबाट असार ७ गते आएका ३३ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । उनीहरुको नगरपालिकाको आइसोलेशनमा उपचार भइरहेको प्रमुखले डा.झाले बताए ।

    नगरको क्वारेन्टाइनमा रहेका २४ जनाको पिसिआर परिक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको पाँचखाल नगरपालिकाले जनाएको छ । नगरका अनुसार पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार