काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस