२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो


२१९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले कान्तिपुरलाई जनाए ।

    डा. जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो । कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा. जोशीले जनाए । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार