२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

यात्रु बोक्ने एम्बुलेन्सलाई प्रहरीले झ्याप


२५०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विरामी बोक्नुपर्ने एम्बुलेन्सले १४ हजार भाडामा यात्रुहरु बोकेको आधारमा प्रहरीले पक्राउगरी आवश्यक कारवहरी प्रक्रिया अगाडी बढाएको छ ।

    आज (विहिबार) विहान १०।४० बजेको समएमा बनेपा न.पा. वडा नं. १४ साँगा प्रहरी चौकी साँगाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगंज सर्लाहीद्धारा संचालित बा.५.च  ८६३८ नं. को एम्बुलेन्स लाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एम्बुलेन्सलाई चेकजाँच गर्दा कुनै पनि बिरामी नरहेको र चालक समेत ८ जना रहेकोमा सोधपुछको क्रममा चालकले रु. १४,०००। भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुर (यात्रु) हरु लिएर आएको बताए पछि नियन्त्रणमा लिएको हो ।

    उक्त एम्बुलेन्सको चालक जिल्ला सर्लाही चन्द्रनगर गा.पा. वडा नं. ३ बबरगंज बस्ने सिताराम महत्तोको छोरा वर्ष ३५ को जुगतलाल महत्तोलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद (५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार