२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो


२६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • महोत्तरी — महोत्तरी गाउँपालिका–३ मडही घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको छ । सरकारी सेवाबाट अवकाश लिई घरमै बसेका उनको मंगलबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको महोत्तरी स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

    रुघाखोकीले सताएपछि उनी १५ दिन पहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो ।

    धरानमा गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको दुई दिनमै उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । खेतमा काम गर्ने क्रममा झरीमा रुझेपछि रुघाखोकी सुरु भएको र कोरोनाको संकेत देखिएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको परिवारले जनाएको छ ।

    मंगलबार साँझ उनलाई अस्पतालले मृत घोषणा गरेपछि परिवारजनले बुधबार शव जिल्लामा ल्याएका हुन् । नेपाली सेनाको टोलीले उनको शवलाई व्यवस्थापन गरिसकेको छ । नेपाली सेनाले महोत्तरीको जलेश्वर–१ स्थित रातु खोलानजिक शव व्यवास्थापन गरिएको रणभीम गण महोत्तरीका गणपति विदुर अधिकारीले जानकारी दिए ।

    योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ९ सय ९४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये १२ हजार ४ सय ७७ जना निको भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार