२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या


३१९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • ७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा  जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् ।

    झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले झोलुङ्गे पुल भन्दा करिब २ किमि दक्षिणतर्फ रामेछापको गोकुलगंगा गाउँपालिका-१ ओलानेस्थित खिम्ति खोलाको भंगालोको बीचमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको बोहराले जानकारी दिए ।

    प्रारम्भिक अनुसन्धानको क्रममा वृद्धले मदिरा सेवनपछि पुलबाट हामफालेको हुन सक्ने भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोहराले बताए । पुलबाट हामफालेको झण्डे डेढ घण्टापछि उद्धारमा खटिएको टोलीले नदीबाट उनको शव निकालेको र पोष्टमार्टमका लागि शवलाई जिरी अस्पताल पठाइएको बोहोराले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार