२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ


२४८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

    अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको कान्तिपुरलाई बताए ।उनले भने, ‘संक्रमितमा १ जना चिकित्सक र अरु ७ जना नर्स रहेका छन् ।’

    योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ। दासका अनुसार अधिकांशमा कोरोनाका लक्षण रहेका छन् । जसमध्ये ४ जना जति होम आइसोलेसनमा बसेका छन् । बुधबार मात्रै आकस्मिक सेवा विभागका २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।

    आकस्मिक सेवा विभागका सय भन्दा स्वास्थकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने परीक्षणपश्चात मात्र आकस्मिक कक्ष खोल्ने डा दासले जानकारी गराए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार