३० साउन २०७७
काभ्रे । विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरस समाजमा बढ्दो अवस्थामा देखापर्न थालेकोले सो संक्रमण फैलन नदिनको लागि पाँचखाल नगरपालिकाले आज एक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने जानकारी गराएको छ ।
नगरले जारी गरेको सुचनामा उल्लेख भएको छ —नगरवासिहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु साउन ३२ गते बिहान १० बजेदेखि भदौ ६ गते साँझ ५ बजे सम्मका लागि बन्द भएको उल्लेख भएको छ ।
उक्त समयमा अत्यावश्यक सेवाहरु जस्तै दुध, स्वास्थ्य, खाद्यान्न, तरकारी लगायतका सामाग्री विहान ६ बजे देखि बिहान १० बजे सम्म खुल्ने र अन्य सम्पुर्ण सेवाहरु बन्द रहने उल्लेख भएको छ ।
प्रतिक्रिया दिनुहोस