रमन वन खोटाङ,
ओखलढुङ्गाको रुम्जाटारमा तिन जिल्लाका कोरोना संक्रमित नागरिकहरुको उपचारका लागि आइसोलेसन कक्ष तयार गरिएको छ । प्रदेश एक सरकारको निर्देशनअनुसार खोटाङ ओखलढुंगा र सोलुखुम्बुमा भेटिने लक्षण नदेखिएका कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेसन कक्ष बनाइएको हो ।
मन्त्रालयले २० शैय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएपछि हाल आस्पतालको क्वाटर भवनमा १२ शैय्याको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेण्डेन्ट सन्तोष देवले जानकारी दिनुभयो ।
आइसोलेसनको बाँकी शैय्या निर्माणका लागि अस्पतालसँगैको सार्वजनिक प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको सुरपरिटेण्डेन्ट देवको भनाई छ ।
प्रतिक्रिया दिनुहोस