२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो


२२२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।

    कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

    धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार