२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

खोटाङमा एक घरपूर्णरुपमा जल्दा १४ लाख बढीको क्षेती,


९५३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङमा एक घर आगलागी भएको छ । जिल्लाको रावावेशी गाउपालिका वडा नं.४ डुमे्रधारापानी गैरीटोल समाज समुहको कोष घर विद्युत सर्ट भएर आगो लाग्दा ढुंगा, माटो र टिनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । उक्त घर राजबहादुर राइको रहेको जनाइएको छ ।

    सोमबार मध्यान्ह १२ः३० बजेदेखि लागेको आगो स्थानीयबासी तथा नेपाल प्रहरीकोे सहयोगबाट साँढे ३ बजे नियन्त्रणमा आएको स्थानीय पत्रकार सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

    आगलागीबाट अन्नपात, लत्ताकपडा,भाँडावर्तनलगायतका सामाग्रीहरु पुर्णरुपमा जल्दा अन्दाजी १४ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको डुमे्र प्रहरीचौकीले मुचुल्का मार्फत जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार