२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

बलात्कार अभियोगमा वडा अध्यक्षलाई जेल चलान


४४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • ११ भदौ, गोरखा । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।

    १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । ‘अनुसन्धान पश्चात उहाँलाई हामीले सरकारी वकिल कार्यालयमा पठायौ,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘कार्यालयले अभियोजनका लागि अदालत पेस गर्‍यो, अदालतले आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।’

    तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार