२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५


१९६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार यो समाचार तयार पार्दासम्म ६८ हजार ७७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ ।

    संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै  भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार