२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

प्रधानमन्त्री ओलीले पैचो मागे युरीया मल


४४४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो सिजनमा खेतीपातीको लागि आवश्यक रासायनिक युरिया मल निर्यातको लागि सहयोग गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई आग्रह गरेका छन् ।

    ओली र हसिनाबीच मंगलबार टेलिफोन संवाद भएको हो । संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

    दुई नेताबीचको वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ । ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका थिए ।

    खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

    कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रले पनि ढाकामा बंगलादेश सरकारसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।

    यस्तैबीच कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई आवश्यक मलको लागि बंगलादेशसँग उच्च तहमै पहल गर्नुपर्ने औँल्याउदै प्रधानमन्त्री ओलीलाई नै भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

    त्यसैलाई ध्यानमा राखेर ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाललाई मल निर्यात गर्ने सम्बन्धमा संवाद गरेका हुन् । वार्ताको दौरान दुई जनाले दुई मुलुकबीच व्यापार, ऊर्जा र पारवहनलगायतका विषयमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार