आई.आर.के.मैनाली
२३ भाद्र २०७७
काभ्रे । काभ्रेमा आज १० जनालाई कोरोना पुष्टि भएको छ । जसमा धुलिखेल नगरपालिकाका १ महिला, बनेपा नगरपालिकाका ८ पुरुष, बेथानचोक गाउंपालिकाका १ पुरुष रहेका छन् ।
आज सम्म काभ्रेमा ३३४ (महिला १२२, पुरुष २१२) जनालाई कोरोन संक्रमण भएको छ । जसमध्य १५९ (महिला ५८, पुरुष १०१) जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । १३१ को बिभिन्न अस्पतालमा उपचार हुंदै गरेको छ । होम आइसोलेसनमा २७ जना (महिला ९, पुरुष १८) घरैमा सुरक्षीत तरिका अपनाई बसेका र २ (१ पुरुष, १ महिला) जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ । त्यसैगरी काभ्रे जिल्ला भन्दा बाहिरि अस्पतालमा १५ जना उपचारमा रहेको डा. झाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस