काभ्रे(धुलिखेल) – जिल्लामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार संक्रमितमध्ये बनेपा नगरपाकिलाकाका २ पुरुष र १ महिला, चौरीदेउराली गाउँपालिकाकी १ महिला, पाँचखाल नगरपालिकाका ३ पुरुष र १ महिला, पनौती नगरपालिकाका १ पुरुष, नमोबुद्ध नगरपालिकाका १ पुरुष र धुलिखेल नगरपालिकाका ७ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संक्रमितमध्ये २ सय ८१ जनाको उपचारपछि कोरोना निको भइ घर फर्र्किएका छन् । जिल्लामा अहिले १ सय ३१ ज्ना सक्रिया कोरोना संक्रमित रहेका छन् । हालसम्म जिल्लामा दुई जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस