सोलुखुम्बु, ६ असोज । करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु भएको छ ।
सोलुखुम्बु माप्य दुधकोश गाँउपालिका ५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर आज मंगलरबार बिहान मृत्यु भएको हो।
बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस