२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कानको मुन्द्रा लुट्ने महिला र सुन किन्ने काभ्रेली पक्राऊ


४३२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

    नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।

    लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ६१ लाल गालेको सुन र ६२ लाल गाल्न बाँकी सुन मुरली बिकको पसलबाट बरामद गरिएको छ ।

    काठमाडौँको नेपालटार बस्ने सन्दिपा सार्वजनिक गाडी चढेर निश्चित ठाउँमा जान्थिन् । अनि, त्यहाँ मुन्द्रा लुटेर भाग्थिन् । बच्चा फकाउँदै हिँडेको सिसिटिभी फुटेज हेरेर प्रहरीले उनको पहिचान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार