२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोनाको कारण वडा अध्यक्षको मृत्यु


२३०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • नेपालगञ्ज, असोज ७ गते । कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्ष ३९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार ठाकुरबाबाका पुरुषको मृत्यु मंगलवार साँझ भएको थियो भने बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्षको बुधवार विहान साढे १० बजे मृत्यु भएको हो ।

    कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले निमोनियाबाट ग्रसीत भएका ति दुबै जनामा कोरोना संक्रमण देखिएको जनाउँदै उनिहरुको उपचारमा सबै विधि र प्रक्रिया अपनाईएपनि जोगाउन नसकिएको बताउनुभयो ।

    स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय वडा अध्यक्ष पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरीएको थियो ।

    भेरी अस्पतालका अनुसार उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरीएको थियो । उपचारकै क्रममा बुधबार बिहान १०ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
    यसअघि मंगलवार बेलुकी बर्दिया ठाकुरबाबाका ६४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको थियो । यो सँगै कोरोना कारण विभिन्न जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार