२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

बलात्कार आरोपमा तामाकोसी गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि जेल 


२३१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • १० असोज २०७७
    रामेछाप । जिल्लको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द  खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि शुक्रबार थुनछेकको बहसमा अदालतले खड्कालाई पूर्पक्षका लागि जेल चलान गर्ने फैसला गरिएसँगै उनलाई जेल चलान गरेको हो ।

    रामेछापका जिल्ला न्यायधिश स्वीकृती पराजुलीले पुर्पक्षको लागि जेल पठाउने फैसला गरेकी थिइन् । धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए । त्यससँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दश महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन ।

    यसैबीच खड्कालाई अदालतको फैसलासँगै प्रहरीले सदरमुकाम मन्थलीबाट राती ११ बजे जिल्ला कारागार रामेछाप पु¥याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले अदालतको फैसला अनुसार प्रक्रिया पुर्याएर राती नै जिल्ला कारागार मन्थली पुर्याइएको बताए ।

    अदालतले बलात्कारको मुद्दामा जेल पठाउने फैसला सुनाउदै ठगीमा ५० लाख र शरीर बन्दकमा २ लाख गरी ५२ लाख ढरौटी माग गरेको छ । पुर्पक्षको लागि थुनामा पठाउने फैसला सुनाएको अदालतले अर्को पेसी तोकेपछि अदालतमा उक्त मुद्दामाथि बहस हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार