२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा १५ जनालाई कोरोना पुष्टि


२३८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • ११ असोज २०७७
    धुलिखेल । काभ्रेमा आज (सोमबार) १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २ पुरुष र ४ महिला, पनौती नगरपालिकाका २ पुरुष र १ महिला, बनेपा नगरपालिकाका ४ महिला र १ पुरुष र पाँचखाल नगरपालिकाका १ पुरुष रहेका छन् ।

    यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय १५ पुगेको छ । जसमा महिला २ सय १५ जना र पुरुष ४ सय जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय ६ रहेका छन् । जसमा महिला १ सय ५७ जना र पुरुष २ सय ४९ जना रहेका छन् ।

    त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ३ जना रहेका छन् । जसमा महिला ५१ जना र पुरुष १५२ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ३१ जना अस्पतालको आइसोलेशनमा र ७२ जना होम आइसोलेशनमा रहेका छन् ।

    त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १२ पुरुष र ३ महिला र होम आइसोलेशनमा ४ महिला र २ पुरुष गरी २१ जना रहेका छन् ।

    काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ५ पुरुष र ५ महिला गरी १० जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार