२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कोरानाको कारण स्वास्थ्य सेवामा कमी हुनुहुदैन—डा.झा


२३१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका स्वास्थ्य शाखाले बार्षिक समिक्षा आज (शुक्रबार) सम्पन्न गरेको छ ।

     

    भौतिक दुरी निर्धारण गरी २५ जनाको उपस्थितिमा सम्पन्न भएको उक्त समिक्षा कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकवहादुर भञ्डारीले कोरोनाको माहामारिसंग लड्दै पाँचखालका स्वास्थ्यकर्मीहरुले अविस्मरणिय उदाहरणिय कार्य गरेको बताउनु भयो ।

    विगतका राम्रा कार्यहरुलाई निरन्तरता दिदै नगरवासिहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । जिल्लामा रहेका स्थानिय तहहरु मध्यकै आईसोलेसन तयार गर्न सफल भएको पाँचखाल नगरमा सवै वडामा स्वास्थ्य केन्द्र संञ्चालनको प्रकृया अगाडी बढेको बताउनु भयो ।

    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा ले कोरोनाको कारणले गर्दा स्वास्थ्य क्षेत्रमा कुनैपनि कमि हुन नहुने बताउनु भयो । कार्यक्रममा डा. झाले भन्नुभयो “स्वास्थ्य क्षेत्रमा कर्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुले सरकारी सम्पत्तिलाई सहि ढंगबाट सदुपयोग गर्दै सहज साथै सरल ढंगबाट सेवा दिनुपर्छ ।” ७ महिनादेखि आफ्नो ज्यानको बाजि राखेर काभ्रेका सम्पुर्ण स्वास्थ्यकर्मीहरुले कार्य गर्दा काभ्रेको नाम उच्च भएको बताउनु भयो । काभ्रेली जनताको सहयोग साथै सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लगनशिलताले गर्दा नेपाल सरकारले प्रवल जनसेवा श्री चतुर्थ पदकबाट आफुलाई सम्मान गरेको बताउंदै सम्मानित हुनुको सम्पुर्ण जस काभ्रेमा कार्यरत सवै स्वास्थ्यकर्मीमा जाने बताउनु भयो ।
    कार्यक्रममा डा. झाले भन्नुभयो पाँचखाल नगरले जिल्लामा रहेको अन्य स्थानिय तहका कोरोना संक्रमितहरुलाई समेत सेवा दिएर उदाहरणिय कार्य गरेको बताउनु भयो । पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले धेरै राम्रो कार्य गरेको बताउदै पाँचखाल स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारी र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अमन दत्तलाई धन्यवाद दिनुभएको थियो ।
    पाँचखाल नगर स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीबाट स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.अमन दत्त, देवभूमि बालुवा स्वास्थ्य शाखा इञ्चार्ज नारायण दनुवार,होक्से स्वास्थ्य केन्द्रको तर्फबाट यशोदा बजगाई लगायत नगरमा रहेका सवै हे.पोका तर्फबाट साथै शहरी स्वास्थ्य केन्द्रका तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संञ्चालन कविता श्रेष्ठले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार