२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

एटिएमबाट रकम चोरी


२६३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । काठमाडौंको मुख्य बजारकै रुपमा रहेको पुतलीसडकमा रहेको ग्लोबल आइएमइ बैंकको एटिएम फुटाइएको छ ।

    सोमबार राती झण्डै ११ बजेको आसपासमा ग्लोबल आइएमइ बैंकको एटिएम फुटाएर चोरी भएको प्रहरीले जनाएको छ । मध्यराती एटिएम फुटाइएकाले के कति रकम चोरी भयो भन्ने केही खुलेको छैन ।

    पुतलीसडक आसपासमा प्रहरीले एटिएम फुटाउनेहरुको खोजी तीव्र बनाएको छ । यद्यपि मध्यराती साढे १२ बजेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार