२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालमा विद्यालय १५ दिन विदा


२२९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे पाँचखाल । पाँचखाल नगरमा रहेका सामुदायिक तथा संस्थागत गरी ५५ विद्यालयहरु १५ दिन बन्द हुनेभएको छ ।

    नगर शिक्षा शाखाको पहलमा नगरमा रहेको विद्यार्थीहरुको पठन पाठनमा कुनै समस्या नपरोस भन्दै अशोज ४ गते बाट सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामाग्रीको उचित प्रयोगको साथमा सुरक्षीत तरिकाले विद्यालय संञ्चालन भएको थियो ।

    नजिकंदै गरेको हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा नगरमा रहेका विद्यालय १५ दिन बन्द गर्ने र सो बन्दको समयमा विद्यार्थीहरुको पठनपाठनमा कुनै असर पुग्न नदिनको लागि आज (बुधबार) नगरको शिक्षा शाखामा सरोकारहरुको उपस्थितिमा बैठक बसि छलफल भएको शिक्षा शाखा प्रमुख दिनानाथ पन्थिले जानकारी गराउनु भयो ।

    शाखा प्रमुख पन्थिका अनुसार घटस्थापनाको दिन कार्तिक १ गते देखि पुर्णिमाको दिन कार्तिक १५ गते सम्म विद्यालयहरु बनद गर्ने । विद्यालय बन्द हुनु भन्दा एक दिन अगाडी सम्पुर्ण विद्यार्थिहरुलाई सरसफाई तथा कोरोनाबाट बच्ने र वचाउनेको बिधिको बारेमा जानकारी गराउने छलफल भएको बताउनु भयो । साथै विद्यार्थीहरुले गर्नुपर्ने व्यक्तिगत सरसफाई, घर भित्र साथै घर वरिपरि गरिनु पर्ने सफाईको बारेमा ध्यान दिने वातावरण निर्माण गर्ने । कोरोनाबाट बच्नको लागि विद्यार्थीहरुले निर्वाह गर्नुपर्ने भूमिकाको वारेमा सचेत गराउने साथै स्थानिय शिक्षकहरुले विद्यार्थीहरुको निगरानि राख्ने बिषयमा छलफल सहित निर्णय भएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार