२०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषिऋण सम्झौता


५८०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे , पाँचखाल ।एभरेष्ट बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषिऋण प्रदान सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ।

    सम्झौतापत्रमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले हस्ताक्षर गरेका छन्।

    बैंकले आफ्नो वृहत सञ्जाल मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।  हाल बैंकको ७ ओटै प्रदेशमा जम्मा ९८ शाखा कार्यालय, ३० राजश्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम काउन्टर रहेका छन्।

    पाँचखाल नगर कृषि शहर नारा राखेको नगरपालिकाले यस सम्झौताबाट पाँचखालका किसानको लागि सहुलियत रुपमा व्याज लाग्ने गरी ऋण पाउने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार