२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

२२ बर्से युवक मृत्यु मा दाेसी काे ?


५१२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे– पाँचखाल काठमाडौं लाई चिनसँग जोड्ने छोटो दुरीको अरनिको राजमार्ग अन्तरगत धुलिखेल देखि पाँचखाल सम्म काे सडक खन्ड ठेकेदारको लापरवाही र डिभिजन सडक कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण जिर्ण बनेको छ ।

    जिर्ण सडककै कारण जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा कार्तिक ३ गते साेमबार बा ७० प १५८८ मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । याे त प्रतिनिधि घटना हाे दैनिक साना ठुला गरि ३/४ घट्ना घट्छ साना चाेट हुने सामान्य उपचार गरि फर्किने एक प्रतक्षदर्सी स्थानीय ले बताए । स्थानीय सुबास श्रेष्ठले २ महिना अघि आफ्नाे बाईक दुर्घटना भएकाे घटना सम्झदै भने जिर्न सडक र खाडल सडक बिच काे खाडल नै दुर्घटनाको कारण हाे हामी सबैलाई थाहा छ तर कस्ले गुनासो सुन्ने जिम्मेवार निकाय माैन छ याे दुर्घटना न भएर हत्या हाे याे त ठेकेदार कम्पनी र सडक डिभिजन र सम्बन्धि निकायले यस्काे जिम्मा लिनु पर्छ।सानाे तिनाे चाेट काे उपचार हुन्छ गर्न सकिन्छ तर मृत्यु नै हुदा पनि हामी चुप बस्नु हुन्न श्रेष्ठले गुनासो सहित आक्रोश पाेखे। जिर्ण र भत्किएको सडकमा गरिएको टालटुल ले सडक बिच मा ठुला खाडल बन्नु काे साथै सडक कच्ची अबस्थामा मा परिवर्तन भएकाे छ ।तीन बर्ष अघि सडक चाैडा गर्ने भन्दै नयाँ बनाइएको धुलिखेल देखि तीन किलोमिटर सडक र पाँचखाल सम्मको बाँकी ११ किलोमिटर सडक निर्माण तथा मर्मत भएको एक वर्ष नपुग्दै पूर्णरुपमा जिर्ण बनेको थियोे ।

    द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता गरी बनाएको उक्त पाँचखालसम्मको १४ किलोमिटर बाटो निर्माण तथा मर्मत भएको एक वर्षमा सबै पिच विग्रिए पश्चात् गरिएको टालटुल पुण भासिएर र टालिएकाे पीच उकिएर बिग्रिएपछि मर्मतका नाममा जनताका आँखामा धुलो हाल्ने काम भएको स्थानीय काे भनाइ छ । स्थानीय काे माग छ फेरि मृत्यु राेक्न यस्ता कम्पनी लाई क्षतिपूर्ति सहित कालाेसुचिमा राख्नु पर्छ नत्र सरकार के का लागी ? सडकको बीचमा उठेको भाग काटेर ठाउँ ठाउँमा मर्मत गरेको देखाइएपछि मर्मत गरेको भाग हप्ता दिन नहुँदै भत्किएकाे थियोे ।

    सम्बन्धित निकायले ध्यान नदिँदा मर्मत समेत काम नलाग्ने भएको छ भने सडक मर्मत गर्दा गर्दै भत्किँदै गएको छ ।यस्ताे लापरबाही काम पास गर्ने ईन्जिनियर ,सरकारी कर्मचारी ,स्थानीय सरकार र डिभिजन सडक भक्तपुर पनि के लम्साल मृत्यु काे दाेसि हुन् त ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार