२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण


२३४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो । ‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ दाहालले भने । मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् । ‘सामान्य रुघाखोकीबाहेक उहाँमा अन्य कुनै स्वास्थ्य समस्या छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार