२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बुवालाई बन्चरो प्रहार गर्नेलाई ढुंङ्गा प्रहार गरी हत्या


२०३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्ला रोशी गाउंपालिका वडा नं ११ भैंसे डाडामा जग्गाको सांद सदियारको विवदमा हानाहान हुंदा सुब्वा सार्कीको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतक सुब्बा सार्कीको घरमा जग्गाको बिषयलाई लिएर एक आपसमा विवाद हुंदा सुब्बा सार्किले खड्ग बहादुर नेपालिलाई बञ्चरो प्रहार गरी घाईते बनाएका थिए । मृतक सार्कीले आफ्नो बुवा खड्ग बहादुर नेपालाइ घाईते बनाएको देखेर घाईतेका छोरा सन्तोष नेपालीले सुब्बा सार्कीलाई टाउकोमा ढुंगा प्रहार गर्दा सख्त घाईते भएका थिए ।

    सख्त घाईते भएका सार्कीलाई उपचारको लागि धुलिखेल अस्पतालमा ल्याएकोमा उपचारमा संलग्न चिकित्सक टोलिले मृत घोषणा गरेका थिए । अर्का घाईते खड्ग बहादुर नेपालीलाई हेलिकप्टरबाट काठमाण्डौ स्थित हेम्स अस्पताल धुम्बाराईमा लगि उपचार गर्दे गरेको जानकारी प्राप्त भएको छ ।

    ढुंगा प्रहार गर्ने रोशी गाउँपालिका वडा नं. ११ डाँडाटोल बस्ने खड्ग बहादुर नेपालीको छोरा वर्ष २४ को सन्तोष नेपालीलाई कानुन बमोजिम पक्राउ गरी ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दा शिर्षकमा दर्ता गरी प्रतिवादीलाई जिल्ला अदालतमा आज २३ गते प्रस्तुत गरी म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार