काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा २७ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ५ महिला ६ जना पूरुष, धुलिखेल नगरपालिकाबाट २ महिला २ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट १ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाबाट ४ महिला, बेथानचोक गाउपालिकाबाट १ पुरुष र रोशी गाउंपालिकाबाट २ पुरुष गरी २७ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस