२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

ओली पक्षका युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा


२८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे/ केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।

    नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामालगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।

    उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामालगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।

    नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार