२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

तेमालमा कांगे्रसमा प्रवेसको लर्को


२३१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । कम्युनिस्ट नेतृत्वको सरकारले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा तेमाल गाउँपालिका वडा नं ५ ले आयोजना गरेको विरोध सभा कार्यक्रममा कम्युनिष्ट पार्टी परित्याग गर्दै नेपालि कांगे्रसमा लर्को लागेर प्रवेश गरेका छन् ।

    तेमाल गाउंपालिका वडा नं ५ का वडा सभापति एवं तेमाल गाउंपालिकाका सह संयोजक दावा फेन्चु लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि काभ्रे प्रतिनिधि सभा १ का सभापति तिर्थ लामा रहनु भएको थियो ।
    बिरोध कार्यक्रममा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गर्ने ४१ जना लाई प्रमुख अतिथि लामाले टिका लगाएर स्वागत गर्नुभएको थियो । उहांले नव प्रवेशीहरूलाई पार्टीको तर्फबाट र व्यक्तिगत तथा पार्टीगत तर्फबाट हरदम सहयोग र साथ रहने बताउनु भयो ।

    प्रमुख अतिथि तर्थ लामाले सम्पूर्ण लोकतन्त्रप्रेमी साथीहरू र नेपाली कांग्रेसमा नेता कार्यकर्ता लाई कम्युनिस्ट नेतृत्वको केपी वली सरकारले गरेका असंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको विरुद्धमा उभिन र आन्दोलित हुन अनुरोध गर्नुभएको थियो । नेपाली कांगे्रसका युवा नेता कार्यक्रमको व्यवस्थापन प्रविन लामाले व्यवस्थापन गरेको उक्त कार्यक्रमका विशेष अतिथिहरु, जोगलाल लामा (जिल्ला सदस्य), चन्द्र लामा (केन्द्रीय खेलकुद विभाग एवं महाधिवेशन प्रतिनिधि ) लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार