२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

दुई शहीदको शालिक वेपत्ता


२५९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ  । मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५/७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा (शालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए । वडाध्यक्ष यादवले गएराति ११/१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार