२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

सांसद बसुन्धारा हुमागाईंआन्दोलनको कमाण्डर


२४२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • २५ माघ २०७७
    बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले जिल्ला संघर्ष समितिको संयोजक र सह-संयोजक तोकिएको छ । आज बनेपामा बसेको संघर्ष समितिको विस्तारित बैठकले संयोजकमा नेकपा वागमती प्रदेश सदस्य तथा प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंलाई संयोजक र संविधान सभा सदस्य रेणुका चौंलागाईंलाई सह-संयोजक तोकिएको हो ।

    सांसद हुमागाईंको नेतृत्वमा जिल्लामा १ हजार १ सय ११ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई असंवैधानिक कदम भन्दै बहुमत पक्ष नेकपा आन्दोलनमा छ । माघ २८ गते काठमाडौंमा बृहत जनसभाको आयोजना गरेसँगै काभ्रेमा संघर्ष समिति गठन गरेको हो । आज बसेको विस्तारीत बैठकले १३ वटै स्थानीय तहमा इन्चार्ज र संयोजक समेत तोकिएको छ ।

    चौंरीदेउराली गाउँपालिकाको इन्चार्जमा तेज पन्त र संयोजकमा कृष्ण चौंलागाईं, भुम्लु गाउँपालिकाको इन्चार्जमा प्रेम भुजेल र संयोजकमा प्राणनाथ न्यौपाने, तेमाल गाउँपालिकाको इन्चार्जमा डि.एम. लामा र संयोजकमा प्रदीप लामा, रोशी गाउँपालिकाको इन्चार्जमा अशोक गौतम र संयोजकमा जगत शाह, महाभारत गाउँपालिकाको इन्चार्जमा सुजन लामा र संयोजकमा घनश्याम मगर, खानीखोला गाउँपालिकाको इन्चार्जमा मिना पाख्रीन र संयोजकमा भिम घिसिङ, बेथानचोक गाउँपालिकाको इन्चार्जमा मर्दन सिं तामाङ र संयोजकमा प्रेम तामाङ, पनौती नगरपालिकाको इन्चार्जमा होमबहादुर खुलाल र संयोजकमा सहदेव थापा, बनेपा नगरपालिकाका इन्चार्जमा भोला अर्याल र संयोजकमा रघुवर चौप्रधान, धुलिखेल नगरपालिकाको इन्चार्जमा विष्णु मिजार र संयोजकमा दयासागर श्रेष्ठ, पाँचखाल नगरपालिकाको इन्चार्जमा चेतप्रसाद गौतम र संयोजकमा रविन्द्रराज सिपखान, मण्डनदेउपुर नगरपालिकाकाको इन्चार्जमा निरञ्जन विष्ट र संयोजकमा गोकुल गौतम, नमोबुद्ध नगरपालिकाको इन्चार्जमा रत्न लामा र संयोजकमा उद्धव हुमागाईंलाई तोकिएको छ ।

    संघर्ष समितिमा पार्टीका जिल्ला संगठन समितिको सदस्यहरु, जनवर्गीय संगठनका सबै जिल्ला समिति सदस्यहरु, स्थानीय तहका साबिकका पार्टी कमिटीका पदाधिकारीहरु, क्षेत्रीय समितिका सदस्यहरु, स्थानीय तहमा उम्मेदवार बनेका सबै पार्टी कार्यकर्ताहरु, जनवर्गीय संगठनका सबै केन्द्रीय सदस्यहरु रहने पार्टीका जिल्ला अध्यक्ष रुकु चौंलागार्इंले जानकारी दिए ।

    बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका सह-इन्चार्ज हितबहादुर तामाङ, केन्द्रिय अनुशासन आयोगका सदस्य तथा पूर्व सांसद शिवबहादुर देउजा, वागमती प्रदेशका सचिवालय सदस्यहरु सूर्यमान दोङ, विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, गंगाबहादुर तामाङ, तेजबहादुर मिजार, जिल्ला अध्यक्ष रुकु चौंलागाईं, प्रदेश कमिटी सदस्यहरु बसुन्धारा हुमागाईं, रत्न ढकाल, इन्द्रबहादुर थिङ, मिमबहादुर वाईबा, संविधान सभा सदस्य रेणुका चौंलागाईं लगायतका अतिथिहरु रहेका थिए ।

    नेकपा आयोजना गरेको माघ २८ गतेको कार्यक्रममा काभ्रेबाट १० हजार जनता लाने लक्ष रहेको अध्यक्ष चौंलागाईंले जानकारी दिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव टोकबहादुर वाइबाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार