२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

जग्गा विवादमा बालकको हत्या


३२८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ३ साल अघि
  • जनकपुर– बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

    जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारीलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ ।

    घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो । १७ दिनपछि फेला परेको बालकको शव सडिसकेको अवस्थामा थियो ।शव फेला परपछि प्रहरीले कुकुरको सहयोगमा हत्याको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा पक्राउ परेका तीनै जनाले हत्या गरेको भनेर स्वीकार समेत गरेको  प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

    पक्राउ परेका तीनै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुले आपसी रिसइवी, झगडा एवं आर्थिक लाभका कारण हत्या गरेको डीएसपी मिश्रको भनाइ छ । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार