२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते


३००७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ– प्रतिनिधिसभाले सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

    बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कोइरालाको ७१ वर्षको उमेरमा यही चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

    सदनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, विसं २०६३ को पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य थिए । सभाले उनको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार