२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

मेलम्चीको पानी एक जनालाई ७५ लिटर


२६३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ ।

    हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो ।

    २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।

    दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार