२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

भीरबाट लडेर एक बालिकाको मृत्यु


५२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १० चैत, काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर बालिका गम्भीर घाइते भएकी थिइन् ।

    गम्भीर घाइते भएकी बालिकालाई प्रहरीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बालिका भीरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार