२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

टिप्परको ठक्करबाट पैदलयात्रीको निधन


२२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं । काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नाम ठेगाना पहिचान हुन बाँकी छ ।

    टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए । मकवानपुर घर भएका चालकलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ । जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार