२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

एकैदिन थपिए ८१ हजार संक्रमित,२४ घण्टामा ४६८ जनाको मृत्यु


२३९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ- भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।
    यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।
    अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार