२०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

चक्कु प्रहारबाट प्रहरीको हत्या


७१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २१, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ- अमेरिकामा एक कार चालकले चक्कु प्रहार गरी एक प्रहरीको हत्या गरेका छन् ।
    राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालक २५ वर्षका नोहा ग्रिन नामले प्रहरीलाई चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
    प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको जनाइएको छ ।संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।आक्रमणमा ज्यान गुमाउने विलियम ‘बिली’ इभान्स नाम रहेका प्रहरी अधिकारी रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार