२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

४ मन्त्रीको सांसद पद खारेज


२९३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

    माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार  संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको जानकारी दिएका थिए ।  राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।संसद पदबाट पदमुक्त भएका चारैजना सांसद मन्त्री छन् ।

    संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुन: नियुक्ति गर्नुपर्छ’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार