२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पुलबाट खस्दा एक मजदुरको मृत्यु,७ जना घाइते


२८०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागि बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।

    दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । मृतक यादव भारतको बेतियाका हुन् ।

    आइतबार बिहान त्रिशूलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार