२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

रुद्र जस्तो निस्वार्थ व्यक्ती पाँचखाललाई आवश्यक छ- खरेल


३९४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले रुद्रवहादुर  बानिया जस्तो निस्वर्थ व्यक्ति पाँचखालको लागि आवश्यक रहेको बताउनु भयो ।

    स्व.रुद्रवहादुर वानियाँको तेस्रो बार्षिक पुण्य तिथिको दिनमा स्व. वाँनियाँको शालिकमा माल्यार्पण सहित दिप प्रज्वलन गर्दै पाँचखाल प्रमुख खरेलले उक्त धारणा राख्नुभएको हो ।

    स्व.वाँनियाँको शालिकमा माल्याणपन गर्दै खरेलले भन्नुभयो—रुद्र पाँचखालको लागि हित चाहने सामाजिक व्यक्तित्व हो, उहाँको स्वर्गारोहणले पाँचखालमा ठुलो क्षति पुगेको छ, रुद्र जस्तो व्यक्ति पाँचखाललाई आवश्यक छ । स्व. रुद्रजस्तो व्यक्ति पाँचखालमा जन्माउनको लागि शालिक निर्माण गरेको हो । रुद्र भक्त पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालको सुझावलाई मध्यनजर राख्दै शालिकको लागि बजेट व्यवस्था गरेको हो ।

    मैले पाँचखाल नगरको नेतृत्व गरेको पाँचबर्ष भयो, नगरको हितको लागि निरन्तर रुपमा कार्य गर्दै आएको छु । अन्जानमा केही कमी कमजोरी भएको भए नगरवासिले औंल्याउदै सुझावको अपेक्षा गरेको छु, खरेलले भन्नुभयो । उहााले थप्नुभयो—विकासको नाउमा घृणित राजनीति गर्नु हुदैन । पाँचखालमा कसैले भ्रष्टाचार गरेको थाहा भएमा त्यस्तालाई नग्याउनु पर्ने हुन्छ ।

    तेस्रो बार्षिक पुण्य तिथिमा सांसद गोमा भुर्तेल,नेकपा माओवादी (केन्द्र) का पाँचखाल अध्यक्ष मणिराज गौतम,पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, एमाले नेतृ भक्तकुमारी तामाङ, तिनपिप्ले युवा ल्यवका युवाहरु साथै स्थानियहरुको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार