काभ्रे : काभ्रेको महाभारत गाउँपालिका ७ केराबारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
मगलबार बेलुका ६ बजेको समयमा चट्याङ लागेर स्थानीय डिल बहादुर मोक्तानको १६ बर्षिया छोरी कान्छी माया मोक्तानको घटनास्थलमै मृत्यु भएको महाभारत- ७ का वडाध्यक्ष जगत तामाङले जानकारी दिए।
चट्याङ लागेर गाउँकै स्थानीय दुई जना घाइते रहेको र उनीहरु सामान्य रहेको अध्यक्ष तामाङले बताए। चट्याङ लागेर डिलबहादुर मोक्तानको भैँसी मरेको र गोठमा पूर्ण क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस