काभ्रे, । आज हुंदै गरेको स्थानिय तहको निर्वाचनमा काभ्रेको केही मतदान केन्द्रमा विवाद हुंदा स्थगित भएको निर्वाचन पाँचखाल बाहेक अन्य स्गानमा सुचारु भएको छ ।
काभ्रेको चौरीदेउराली गाउंपालिकामा अरुको नाउमा मतदान गरेको भन्ने बिषयमा विवाद र तेमाल गाउंपालिकामा इच्छाईएको व्यक्तिले मतदान गर्ने बिषयमा विवाद हुदा मतदान कार्य स्थगित भएको थियो ।
सो दुई गाउंपालिकामा भएको विवादको बिषयमा सर्वदलिय बैठकको निर्णय अनुसार मतदान गर्ने समय साँझ ८ वजे सम्म थप गर्ने निर्णय गर्दै स्थगित भएको निर्वाचनलाई सुचारु गरेको छ ।
त्यसैगरी पाँचखाल नगरपालिका वडा नं १३ को श्रीराम मा.वि “क” केन्द्रमा मतदान अधिकृतले मत पत्र वितरण गर्दा एउटै मतदातालाई धेरै मतपत्र दिएको भन्दै विवाद उत्पन्न भएको थियो । एउटै स्थानमा रहेको र्दुइ केन्द्र मध्य एक केन्द्रमा विवाद भएकोले दुवै केन्द्रको मतदान कार्य स्थगित भएको सुचना निकालिएको छ ।
२ वटा मतदान केन्द्र रहेको विद्यालमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस