काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा रहेको १३५ वडा मध्यमै पहिलो महिला वडा अध्यक्षमा बनेपा नगरपालिका वडा नं ८ मा शुभलक्ष्मी मानन्धर निर्वाचित हुनुभएको छ ।
महिmा संघको सभापतिको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएकी मानन्धरले नेपाली काँगे्रसको तर्फबाट वनेपा नगरपालिका वडा नं ८ मा वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराई निर्वाचनमा होमिदै गर्दा सोही पदमा अन्य तीन पुरुषसंग प्रतिस्पर्धा गर्दै अघि बढ्नुभएको थियो ।
वडा अध्यक्षको लागि चुनावी मैदानमा एमालेका तर्फबाट उम्मेदवार बनेका श्यमकाजी मानन्धरलाई ६२ मतले पछि पार्दै निर्वाचित हुनुभएकी शुभलक्ष्मी मानन्धरले ८३३ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धीहरु एमालेका श्यामकाजी मानन्धरले ७७१, रा.प्र.पाका किरण मानन्धरले ४५ र जनता समाजबादी पार्टी नेपालका उम्मेदवार निरोज काजी श्रेष्ठले १८ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस